पहिरोमा पुरिएका दुई लिम्बुवान कार्यकर्ताको आज अन्त्येष्टी

 लिम्बुवान खबर
                       

सिरीजंघा। अविरल वर्षाका कारण ताप्लेजुङको सिरीजंगा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुई जनाको दुईजनाको निधन भएको छ ।

मृतक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सिरीजङ्गा ४ का उपाध्यक्ष राजु थेवे र सदस्य विष्णुदास थेवे रहेका छन् । मृतकहरुको पार्थीव शरिरमा आज मञ्चका उपमहासचिव इन्दीरा मेन्याङ्बोले लिम्बुवानको झण्डा ओडाई मञ्चको तर्फबाट मौनधारण गरि पार्थी शरिरको अन्त्येष्टी गरिएको छ ।

पावरहाउस पहिरोले पुर्दा विद्युत् सेवा अवरुद्ध भएको छ । तीन दिनअघि यहि तावा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...