छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

 लिम्बुवान खबर
                       

तेह्रथुम । सुन्दा पत्याउनै नसिकेता पनि तेह्रथुमकाे छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न आर्थिक वर्ष २०७७/७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममै बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवा समेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्न समेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको उपाध्यक्ष तारा ढकालले बताइन् । यो कार्यक्रमले एकल पुरुषलाई ठूलो राहत मिलेको उनको भनाइ छ । अ सन्तान नभएका एकल पुरुषका लागि यो कार्यक्रम थप प्रभाबकारी भएको गाउँपालिकाको भनाइ छ ।

आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष उमेर पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान मृत्युपछि राज्यले एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । विपन्न तथा एकल पुरुषका लागि केन्द्र सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकिरहेको बेला आफूहरुले एकल पुरुषलाई राहत पुग्ने गरी नेपाल मै पहिलो पटक यस्तो कार्यक्रम लागु गरेको अध्यक्ष लिम्बूले दाबी गरे ।

गाउँपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार दिनुको साथै लौरो उपहार कार्यक्रम समेत सञ्चालन गरेको थियो । विभिन्न प्रकारका दीर्घरोगीलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म उपचारका लागि आर्थिक सहयोग दिइँदै आएको गाउँपालिकाले जनाएको छ । ‘विपन्न परिवारका लागि नि:शुल्क मिटर बक्स तथा जस्तापाता लगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको जनाएको छ । जटिल प्रकृतिका बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैले उद्धार गरी उपचारमा सहयोग पनि गर्दै आएका छन् ।

विवाहपछि कारणवश एकल भएका पुरुषलाई यस्तो भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । वुढ्यौली उमेरसम्म विवाह नगरी बसेका एकल पुरुषले पनि यो सुविधा पाउनेछन् । यस्ता एकल पुरुषको संख्या प्रत्येक वर्ष थपघट भइरहने भएकाले त्यसका लागि वडा कार्यालयमार्फत संख्या निक्र्यौैल गरिने अध्यक्ष लिम्बूले बताए । कार्यक्रम सुरु भएको पहिलो वर्ष वार्षिक ५ हजार रुपैयाँका दरले भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम प्रभावकारी भए आगामी वर्षबाट भत्ताको रकम बढाएर मासिक रुपमै वितरण गरिने अध्यक्ष लिम्बूले जानकारी दिए । (कान्तिपुरबाट)

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...