छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

 लिम्बुवान खबर
                       

तेह्रथुम । सुन्दा पत्याउनै नसिकेता पनि तेह्रथुमकाे छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न आर्थिक वर्ष २०७७/७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममै बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवा समेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्न समेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको उपाध्यक्ष तारा ढकालले बताइन् । यो कार्यक्रमले एकल पुरुषलाई ठूलो राहत मिलेको उनको भनाइ छ । अ सन्तान नभएका एकल पुरुषका लागि यो कार्यक्रम थप प्रभाबकारी भएको गाउँपालिकाको भनाइ छ ।

आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष उमेर पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान मृत्युपछि राज्यले एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । विपन्न तथा एकल पुरुषका लागि केन्द्र सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकिरहेको बेला आफूहरुले एकल पुरुषलाई राहत पुग्ने गरी नेपाल मै पहिलो पटक यस्तो कार्यक्रम लागु गरेको अध्यक्ष लिम्बूले दाबी गरे ।

गाउँपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार दिनुको साथै लौरो उपहार कार्यक्रम समेत सञ्चालन गरेको थियो । विभिन्न प्रकारका दीर्घरोगीलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म उपचारका लागि आर्थिक सहयोग दिइँदै आएको गाउँपालिकाले जनाएको छ । ‘विपन्न परिवारका लागि नि:शुल्क मिटर बक्स तथा जस्तापाता लगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको जनाएको छ । जटिल प्रकृतिका बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैले उद्धार गरी उपचारमा सहयोग पनि गर्दै आएका छन् ।

विवाहपछि कारणवश एकल भएका पुरुषलाई यस्तो भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । वुढ्यौली उमेरसम्म विवाह नगरी बसेका एकल पुरुषले पनि यो सुविधा पाउनेछन् । यस्ता एकल पुरुषको संख्या प्रत्येक वर्ष थपघट भइरहने भएकाले त्यसका लागि वडा कार्यालयमार्फत संख्या निक्र्यौैल गरिने अध्यक्ष लिम्बूले बताए । कार्यक्रम सुरु भएको पहिलो वर्ष वार्षिक ५ हजार रुपैयाँका दरले भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम प्रभावकारी भए आगामी वर्षबाट भत्ताको रकम बढाएर मासिक रुपमै वितरण गरिने अध्यक्ष लिम्बूले जानकारी दिए । (कान्तिपुरबाट)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;