जापानकी ओसाका युएस ओपन च्याम्पियन

 लिम्बुवान खबर
                       

जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्।

आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्।

जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १-६ ले अजरेन्कालाई सुम्पिएकी थिइन्।

तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्।

उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन्।

यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन्।

यता सन् २०१३ पछि पहिलो मुख्य प्रतियोगिता फाइनलमा पुगेकी अजरेन्काको भने पुनरागमन गर्दै च्याम्पियन हुने सपना पूरा भएन।

तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी ओसाकाले आफू फाइनल पुगेको ग्रान्डस्लामको उपाधि जित्ने रेकर्ड पनि कायम राखिन्।

‘म अब अरु फाइनलमा तिमी (अजरेन्का) सँग खेल्न चाहदिन। मलाई रमाइलो लागेन किनभने एकदमै कठिन खेल थियो,’ अजरेन्काको प्रशंसा गर्दै ओसाकाले भनिन्,’अजरेन्काले बच्चादेखि नै प्रेरणा दिएकी थिइन्। म अजरेन्काकै खेल हेरेर हुर्किएकी हुुँ। मैले धेरै सिक्ने मौका पाए। धन्यवाद।’ (एजेन्सी)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...