स्ट्रबेरी किसानका छोरा योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

 लिम्बुवान खबर
                       

काठमाडौं। योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

यसअघि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले योशिहिडे सुगालाई आफ्नो प्रमुख नेता चयन गरेको थियो ।

गत महिना शिन्जो आबेले स्वास्थ्यमा आएको समस्याका प्रधानमन्त्री पदबाट राजीनामा थिए । नयाँ प्रधानमन्त्री सुगा यसअघिको मन्त्रिपरिषदमा मन्त्रिपरिषद सचिव थिए ।

७१ बर्षीय योशिहिडे शिन्जो आबेका घनिष्ट मित्र मानिन्छन्, उनले आबेकै नीतिहरुलाई अगाडी बढाउने बताइएको छ।

जापानमा आगामी संसदीय चुनाव भने सेप्टेम्बर २०२१ मा हुनेछ।

एक सामान्य स्ट्रबेरी किसानको परिवारमा जन्मेका योशिहिडे सुगा देशको कार्यकारी प्रमुख बनेर लामो समयदेखि प्रभुत्व जमाइरहेको जापानको सम्भ्रान्त राजनीतिमा नयाँ इतिहाँस रच्न सफल भएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...