चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला

 लिम्बुवान खबर
                       

इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् ।

बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो ।

उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले गृहखबरलाई जानकारी दिनुभयो ।

खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानियले आज विहान देखेर प्रहरीलाई खबर गरेका थिए ।

ती मृत व्यक्तीको परिचय खुल्न सकेको छैन । स्थानियका अनुसार ती वृद्ध नजिक गाउँटोलका पनि होईनन् ।

हिजो मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । शवलाई कानूनि प्रकृया पुरा गरेर धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डि.एन.ए. परिक्षणका लागि पठाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...