दमकमा एउटै वडामा ६ जनामा काेराना पुष्टि, नपा लेखा शाखा बन्द

 लिम्बुवान खबर
                       

दमक/झापाको दमक ५ मा  एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् ।

दमक नगरमा अहिले सम्म ११३ जनाले कोरोना जितेर घर फर्किएका छन । भने ३० जना उपचारका क्रममा छन । दमकमा अधिकांश कोरोना पोजिटिभ देखिएकाहरुको उपचार होम आइसोलेसनमै भइरहेको बताइएको छ । हालसम्म दमक नपाले २७०८ जनाकाे पिसिआर टेष्ट गरिसकेकाे छ भने ३४ जना क्वारिन्टेनमा बसेका छन् ।

नगरपालिकाका कर्मचारीमा पनि संक्रमण, लेखा शाखा बन्द

यसैबीच दमक नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । सो शाखामा कार्यरत सबै कर्मचारीहरु आइसोलेसनमा छन । गत भाद्र २६ गते नमुनाको परिक्षण गर्दा ति कर्मचारीमा कोरोना देखिएको हो ।

कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...