शिवसताक्षीमा लकडाउन हट्यो, बजारमा चहलपहल बढ्यो

 लिम्बुवान खबर
                       

झिलझिले। झापाको शिवसताक्षीमा जारी एक महिने लकडाउन शुक्रबारदेखि खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत गर्दे अन्य स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो ।

शिवसताक्षी नगरको भदौ १ गते बसेको बोर्ड बैठकले शिवसताक्षी नगरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजे सम्ममात्र बजार खुल्ला गर्ने निर्णय गरेको थियो । त्यसमा सैलुन, ब्युटी पार्लर र होटल भने पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।

नगरका प्रवक्ता नवीन ईजमका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको हो । शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दे विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय भएको छ । प्रवक्ता ईजमका अनुसार आफूलाई सहज हुने तथा पायक पर्ने विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठनमा सहजीकरण गर्न अभिभावकलाई पालिकाले अनुरोध गरेको छ ।

बैठकले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यलाई सुरु गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले असोज मसान्तसम्मलाई अतिरिक्त शुल्क बिनै कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पालिकाको बोर्ड बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यपालिका र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

वडा नम्बर ५ र वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।
शिवसताक्षीका केही भागमा हात्तीको उपर्दो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकारका निकायलाई प्रदान गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...