पाँचथर। वि.स. २०७२ असोज ३ गते नेपाल सरकारले जारी गरेको संविधान लाई पान्थरको विभिन्न राजनीतिक दलका पार्टीहरु ले विभेदकारी संविधान, पहिचान विरोधी संविधान भनेर संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण पान्थरवासिहरुमा सुचिकृत गरेका छन्।
संविधान संशोधन गरि पहिचान सहितको १०+१ प्रान्तको माग गर्दै जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती पान्थर, सलोराम संघीय लिम्बुवान मञ्च जिल्ला कार्य समिति पान्थर, संघीय लिम्बुवान पार्टी जिल्ला कार्य समिती पान्थर र राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती पान्थरद्वारा सयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।
(संयुक्त प्रेस विज्ञप्ति)
संविधान घोषणा भए देखि नै विभिन्न पहिचान सहितको राजनीतिक पार्टी आबद्ध दलहरुले असन्तुष्टि र विरोध जनाउँदै आएका छन्।संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू लाई सच्याउन र मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतको मुद्दा सम्बोधन गर्न नसकेको भन्दै असोज ३ गतेलाई कालो दिनको रुपमा विरोध गर्दै आएका छन्।
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...
दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...
ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...