संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

 लिम्बुवान खबर
                       

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ ।

हरेक बर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको मञ्चले नेपालको संविधान २०७२ले सबै जाती, वर्ग, लिङ्ग, क्षेत्र र समुदायलाई समानुपातिक समावेशी रुपमा समेट्न नसकेको साथै संघीयतामा नक्शांकन गर्दा पहिचानको आधारमा १०+१ प्रान्तहरु बनिनु पर्ने माग सार्दै आएको छ ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले उत्पीडित बर्ग र समुदाय अनि संघीयतामा आदिवासी जनजातिको मर्म विपरित राज्यको पुनःसंरचना गरेर ७ प्रदेशको संघीय राज्य निर्माण गर्नु नै विभेदपूर्ण संविधान जारी गरिएको बताउनु हुँदै जबसम्म सरकारले संविधान लेखनलाई पुर्नलेखन गर्दैन तबसम्म लिम्बुवान आन्दोलन जारी रहने बताएका छन् । त्यसैगरी कार्यक्रममा मञ्चमा उप–महासचिव तथा झापा जिल्ला इन्चार्ज भानु भट्टराईले देश संघीयतामा गईसकेपछि त्यस देशमा बस्ने सबै जातीहरुलाई राखी गोलमेच सम्मेलन गरी संविधानमा छुटेका कुराहरुलाई समेट्न सरकारसँग आग्रह गरेका छन् । उनले उत्पीडित जाती वर्गको हक अधिकार नै सुनिश्चित नभएको संविधान मान्नुको कुनै औचित्य नरहेको बताए ।

कार्यक्रममा झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मञ्चका झापा जिल्ला सचिव राजा आङ्थुपोले गरेका हुन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...