प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, पत्रिका वर्गीकरणको नतिजा आएन

 लिम्बुवान खबर
                       

काठमाडौं । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलले तयारी गरेकाेछ ।

१ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइने काउन्सिलले जानकारी दिएको छ । यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री(झापा), राजन कार्की(काठमाडौँ), धर्मेन्द्र कर्ण(धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ ।

१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुने भएका छन् ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाका लागि ओखलढुङ्गाका पत्रकार गणेश राईले पाउने भएका छन् ।

वर्गीकरणको नतिजा आएन

प्रेस काउन्सिल नेपालले सरकारी हस्तक्षेपका कारण आर्थिक वर्ष २०७५/०७६ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा निकाल्न नसकिएको जनाएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आर्थिक वर्ष २०७५/२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको दावी गरेका छन् ।

सरकारसँगको स्वायत्तताको लडाँइका कारण आफूहरूमाथि हस्तक्षेप भएको उनको भनाइ छ । ‘स्वायत्तताको पक्षमा उभिएकै कारण कोरोना कहरका बीच पनि सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आर्थिक वर्ष २०७५/२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको तीतो यथार्थ तपाईंहरूसामु प्रष्ट राख्न चाहन्छु’ श्रेष्ठले भनेका छन्  ।

प्रेस काउन्सिल नेपालले मङ्गलबार ५१ औँ वार्षिकोत्सव मनाउँदैछ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...