दमकमा श्रीमानको २५ लाख सम्पत्ति लिएर श्रीमती प्रेमीसंग फरार

 लिम्बुवान खबर
                       

दमकझापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी छिन ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी हुन् ।

राजुका अनुसार गत असोज ३ गते दिउँसो १ बजे घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्किएकी उनी लापत्ता भएकी हुन् ।

 

पसल आउँछु भनेर फोनमा कुरा गरेपनि श्रीमती बेलुकासम्म नआएपछि सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गर्दैछु भन्र म्यासेज गरेकी थिइन् । तर घर नफर्किएकी पछि खोजतलास गर्दा अन्तै केटासंग गएको खुल्न आएको पीडित न्यौपाने वताए ।

उनले १२ तोला सुन, १२ लाख रुपैयाँ र अन्य सामान लिएर भागेकी आरोप छ । घरको सिरानी मुनी पत्र राखेर प्रेमीसँग भागेकी उल्लेख गरेकी श्रीमान न्यौपानेले बताएका छन् ।

चिठ्ठीमा लेखेकी थिइन् – ‘मैले आफ्नो सुर गरे । म पत्रकार प्रितम भट्टराईसँग गईसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।

भगाउने केटा प्रितम कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका छन् ।
प्रितम नाम गरेको वताउने व्यक्तिले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे सिध्याउनेसम्मको धम्की दिएको न्यौपानेले वताएका छन् । पीडित न्यौपानेले इलाका प्रहरी कार्यालय दमकमा त्यस सम्बन्धी जाहेरी समेत दिएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...