दमकमा २ जना स्वास्थ्यकर्मी सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि

 लिम्बुवान खबर
                       

झापा झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार ६ महिला सहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा दमक अस्पतालका २ जना स्वास्थ्यकर्मी र अन्य सबै कन्ट्राक ट्रेसिंगमा परेका स्थानीय बासिन्दाहरु रहेका छन् । गत शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको भट्टराईले जानकारी दिए ।

यो संगै दमकमा संक्रमतिको संख्या १५७ पुगेको छ । संक्रमित मध्ये १ सय १२७ जना निको भइसकेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...