झापा । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ ।
थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।
साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ्र गरेका हुन् ।
यस गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन अनि पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लिम्बू संस्कार अनि संस्कृति रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका छन् । (भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होस् )
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...