शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

 लिम्बुवान खबर
                       

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै झापाको शिवसताक्षीबाट मञ्चको क्रियाशिल सदस्यता वितरण शुरु गरेको छ ।


मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्बाट बुधबार शिवसताक्षी वडा नं. १ का एक सय पैतालिस जनालाई क्रियासिल सदस्य वितरण गर्दै मञ्चले क्रियासिल सदस्यता वितरण लक्षित कार्यक्रम शुरु गरेको हो । त्यसैगरी क्रमशः सबै वार्डहरुमा दशै अघि नै वितरण गरि सक्ने कार्यक्रम रहेको मञ्चका पहिचान सदस्य तथा शिवसताक्षी नगर अध्यक्ष प्रकाश लिङ्देन बताएका छन् ।


विश्व नै कोभिड–१९को कारण लकडाउन भएको हुँदा नेपालमा समेत त्यसको प्रत्यक्ष असर विगत ६ महिना देखि भईरहेता पनि अहिले वातारण अलिकति सहज भएसँगै मञ्चले आफ्नो गतिविधि बढाएको हो । मञ्चका महासचिव शान्ता योङ्हाङ्ले –‘अब जिल्लाको सबै स्थानीय निकायहरुमा अबको दुई महिना भित्र कम्तिमा पनि ५ हजार जनालाई क्रियासिल सदस्य वितरण गर्ने लक्ष्य रहेको बताएकी छन् ।’ उनले मञ्चले आफ्नो चार बर्षे कार्यक्रम अन्तर्गत संगठन सुदृणीकरण तथा पहिचानलाई राजनैतिक रुपमा स्थापित गर्दै १०+१ प्रान्त स्थापना र नेपाललाई दिगो विकासको चरम उत्कर्षमा पु¥याउने लक्ष्यका साथ काम भईरहेको बताएकी छन् । उनले – यसरी नै अब झापा लगायत सबै जिल्लाहरुमा क्रमशः क्रियाशिल सदस्यता वितरण र प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा मञ्चले अगाडि बढाउने तयारी थालेको जनाएकी छन् । उक्त क्रियासिल सदस्य वितरण कार्यक्रममा मञ्चका सचिव तथा सहइन्चार्ज राजु राई, सविचलय सदस्यहरु भक्त मेन्याङ्बो र भिम सुनुवार, केन्द्रीय सदस्य किरण लिङ्देन, पहिचान सदस्य दिल सेरेङ् लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...