चुलाचुली मिडियाकाे कार्यक्रम “समय र सिर्जना”

 लिम्बुवान खबर
                       

चुलाचुली ।  इलाम र चुलाचुली मिडिया प्रा.लि.को अफिसियल युटुव च्यानलबाट प्रत्येक हप्ता विहिबार विहान ७ बजे प्रशारण हुँदै आएको कार्यक्रम “समय र सिर्जना” भोली विहिवारबाट ११ औं श्रृंखलामा प्रवेश गर्दैछ ।

आगामी ११ औं श्रृंखला देखि १५ औं श्रृङखला सम्मलाई प्रायोजन गरेर गौरादह नगरपालिका झापा हाल दक्षिण कोरियाबाट बालकृष्ण वान्तवा राई, लक्की रासी बेलडाँगी झापा हाल अमेरिका, राज बराल, बेलडाँगी झापा हाल अमेरिका, उपेन्द्र नेम्बाङ विरही फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप पाँचथर, हाल दक्षिण अफ्रिका, दीपेन्द्र कट्वाल शनिश्चरे न. पा. वडा नम्बर ८ मोरङ, हाल मसकट ओमन रहने निश्चय भएको छ ।

कार्यक्रम “समय र सिर्जना” मा प्रत्येक विहिबार साहित्य, कला, संगीतमा आफ्नो योगदान पुर्याउदै आउनु भएका एक जना सर्जक संग अन्तरंग कुराकानी गरिदै आएको कार्यक्रम हो ।

हाल सम्म कार्यक्रममा कविहरु पुष्प लोवा, तिलक राई, टंक आचार्य, मुर्तिकार भक्त मेवाहाङ राई, रंगकर्मी अनिल सुब्बा, छन्द कवि विष्णु न्यौपाने, गायिका अपेक्षा तामाङ, कवि सुमित्रा वाङदेल चेली, कलाकार मौसम राई र हाल सर्वाधिक रुचाइएका गायक जन्तरे मामा (अमित राई) संग अन्तरंग कुराकानी भइसकेको कार्यक्रमलाई कुसङ मुन्धुमिक प्रोडक्स र चौदन्डीगढी डट.कम.ले सहप्रायोजकको रुपमा सहयोग पुर्याउदै आएको छ ।

कार्यक्रम प्रत्येक हप्ताको विहिबार विहान ७ बजे मिडिया चुलाचुलीको अफिसियल युटुव च्यानलबाट प्रशारण हुँदै आएको कार्यक्रम हो भने, कार्यक्रम प्रस्तोता कवि राजकुमार सुब्बा अनिश्चितले संचालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...