दमकका दुई अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान खबर
                       

दमक। झापा दमकका दुई अस्पताललाई एक गैरसकारी संस्थाले रु ४५ लाख बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ ।
टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड-१९ सङ्क्रमित बिरामीको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।

ती स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्रीहरुमा २४०० थान डिस्पोजेबल मास्क, २७० थान फेस मास्क, २८८ थान पिपिई, १००० थान पन्जा, इन्फ्रारेड थर्मामिटर र भेन्टिलेटर इक्युपमेन्ट रहेको छ ।

दमक अस्पतालकी एनेस्थेसिया असिस्टेन्ट देवी दंगालका अनुसार यी सामग्री कोभिड १९ बाट जोगिनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् । सरकारी १५ बेडको जिल्ला अस्पतालको मान्यता पाएको दमक अस्पतालमा अहिले विशेषज्ञ सेवाहरू सञ्चालित छन् । दैनिक ४ सय बिरामीले अहिले पनि स्वास्थ्य सेवा लिइरहेको दंगालले बताइन् ।

दमक २ खरखरेमा अवस्थित आम्दा भने सामुदायिक अस्पताल हो । जहाँ दैनिक पाँच सय बढी विरामीहरुले उपचार पाउदै आएका मेडिकल सुपरिटेन्डेट डाक्टर प्रकाश शर्माले बताए ।

कोरोना भाइरस संक्रमणको उपचारमा अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि सुरक्षा अपनाउन उपयोगी हुने अस्पतालले जनाएको छ । हालसम्म दमक अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी संंक्रमित भएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;