नेपाली टिमको प्रशिक्षक बन्न ३५ जनाको निवेदन, यी देशका हुन् इच्छुक

 लिम्बुवान खबर
                       

काठमाडौं : नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको हो ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका श्रीलंकाका पूर्व खेलाडी पुबुदुले नेपाली क्रिकेटलाई नयाँ उचाई दिएका थिए ।

सन् २००७ देखि ११ सम्म क्यानाडा राष्ट्रिय क्रिकेटको जिम्मेवारी सम्हालेका पुबुदु त्यसपछि २०१५ सम्म नेपालको राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी २० वल्र्डकप क्रिकेट खेलेको थियो ।

अफ्गानिस्तानसहित विभिन्न देशका क्वबलहरूको प्रशिक्षण सम्हालेका लान्च क्रुजनरले पनि मुख्य प्रशिक्षकका लागि क्यानमा निवेदन दिएका छन् ।

जनरल म्यानेजरमा समेत २५ जनाको निवेदन परेको क्यानले जनाएको छ । उनीहरू सबैको सूची तयार पारी केही दिनभित्रै छनोट प्रक्रियामा जाने क्यानको तयारी छ ।

आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारीसहितको टोलीले मुख्य प्रशिक्षकको छनोट गर्नेछन । मुख्य प्रशिक्षकसहित माग गरेका सबै पदको पदपूर्ति एकै साथ गरिने तयारी क्यानले गरेको छ । –रेडियो कान्तिपुरबाट

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...