दशरथ रंगशालामा ५१ सयले नेपाल र भारत बिचको मैत्रीपूर्ण फूटबल खेल हेर्न पाउने

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

१६ भदौ, काठमाडौं । नेपाल र भारत बिचको मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट विक्री भईसकेको एन्फाले जनाएको छ । बुधबार आयोजना गरिएको प्रि म्याच कन्फेरेशनमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१ सय टिकट विक्री भईसकेको जानकारी दिनु भएको हो ।

अब रंगशालामै बसेर ५१ सय जना दर्शकले नेपाल र भारतको मैत्रीपूर्ण खेल मैदानमै बसेर हेर्न पाउनेछन् ।

खेल हेर्नको लागी एन्फाले कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ भएको हुन पर्ने जनाएको छ । साफ चाम्पियनसीप तयारीका लागी नेपाल र भारत विच दूई मैत्रीपूर्ण खेल हुँदै छ ।

पहिलो खेल भोली (बिहिबार) साझ ५ः३० बजेबाट दशरथ रङ्गशालामा सुरु हुने छ । भने अर्को खेल २० गते हुने एन्फाले जनाएको छ । नेपाल र भारतको ६ बर्ष पछि दशरथ रङ्गशालामा आमनेसामन्ने हुँदैछन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...