पत्रकार आङ्ला गिरीराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

 लिम्बुवान न्युज
                       

धरान, १७ भदौ।  सुनसरी धरानका अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’बाट पत्रकार भैरव आङ्ला पुरस्कृति भएका छन् ।

नेपाली कांग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आज धरान २ स्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको उक्त पुरस्कार पत्रकार आङ्लालाई प्रदान गरिएको हो ।

प्रदेश नं १ संसदीय दलका नेता एवं काँग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय सांसद मिना सुब्बा, प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एव पुरस्कारका संस्थापक संरक्षक तिलक राई लगायत नेताहरूको उपस्थितिमा नगद २० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न काँग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी यो अक्षयकोष स्थापना गरेका हुन् ।

कार्यक्रममा मेयर राईले अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उनको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जीवित व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए । अध्यक्ष राईले आदिवासी तथा जनजाति पत्रकारिता पुरस्कारका लागि पनि मेयर राईले अक्षयकोष खडा गरिदिएको भन्दै धन्यवाद समेत प्रकट गरेका थिए ।

अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्वी पोस्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । कार्यक्रममा काँग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, काँग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईकबाल अहमदले सम्बोधन गरेका थिए । कार्यक्रम प्रेस युनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले सभापत्विमा भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...