नेपाली सेनामा भर्ती खुल्योः ४ हजार सैन्य पदकालागि दर्खास्त माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ भदौं । नेपाली सेनामा रिक्त रहेको सैन्य पदका लागि नयाँ भर्तीको लागि नेपाली सेनाले दर्खास्त आव्हान गरेको छ । शुक्रबार नेपाली सेनाले सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाद्वारा जारी सुचनामा दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ सम्म तोकिएको छ ।

दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने साथै अविवाहित पनि हुनुपर्नेछ । कुनै अपाराधिक कृयाकलापमा नलागेको, राजनैतिक दलको टिकट नलिएको व्यक्तिले दरखास्त दिन पाउने जनाइको छ । त्यसैगरी बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

आजको गोर्खापत्र दैनिकमा सूचना प्रकाशित भएकाे छ ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...