दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ गोलले पराजित

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर, २० भदौं । काठमाडौंमा जारी भारतसँगको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । आज दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

आजको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल गर्न सफल भएको थियो । नेपालले भने एक गोल मात्र फर्काउन सकेको हो ।

भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले पहिलो गोल र ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरेका थिए । नेपालका लागि एकमात्र गोल ८६औं मिनेटमा तेज तामाङले गरेका थिए । खेलको अन्त्य तिर नेपालले गोलको खाता पस्के पनि खेल बराबरी गर्न वा जित्नलाई समय पर्याप्त थिएन ।

खरेलु मैदानका भरपुर उपयोग गरेको खेलमा नेपालले गोलका कयौँ मौका पाए पनि गोल गर्न भने चुकेको थियो । नेपालले बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...