दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ गोलले पराजित

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर, २० भदौं । काठमाडौंमा जारी भारतसँगको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । आज दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

आजको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल गर्न सफल भएको थियो । नेपालले भने एक गोल मात्र फर्काउन सकेको हो ।

भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले पहिलो गोल र ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरेका थिए । नेपालका लागि एकमात्र गोल ८६औं मिनेटमा तेज तामाङले गरेका थिए । खेलको अन्त्य तिर नेपालले गोलको खाता पस्के पनि खेल बराबरी गर्न वा जित्नलाई समय पर्याप्त थिएन ।

खरेलु मैदानका भरपुर उपयोग गरेको खेलमा नेपालले गोलका कयौँ मौका पाए पनि गोल गर्न भने चुकेको थियो । नेपालले बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;