राष्ट्रिय जनगणना मंसिर ९ गते सक्ने मन्त्रिपरिषदको निर्णय

 लिम्बुवान न्युज
                       

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गर्दै मंसिर ९ गतेसम्ममा सक्ने निर्णय गरेको छ । केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका मन्त्रीपरिषदमा प्रस्ताव गरेको थियो । सोही अनुरुप जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने निर्णय भएको छ । मन्त्रीपरिषदले निर्णय स्वीकृत गरेसँगै विभाग अन्तिम तयारीमा जुटेको जनाएको ।

विभागको बनाएको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने जनाएको छ ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

तोकिएकै समयमा जनगणना हुन नसक्नुको मुख्य कारण कोरोना महाकारी कै कारण भएको हो । नेपालमा बि.सं. १९६८ सालबाट शुरु भएको जनगणना कार्यक्रम तोकिएकै समयमा हुन नसकेको यो पहिलो घटना होइन् । बि.सं. २००७ सालको क्रान्तिले २००८ मा हुने जनगणना स्थगित भई २००९ देखि २०११ मा सम्पन्न भएको थियो ।

यो बर्षको जनगणना २०७८ सालभित्र सक्ने विभागले जनाएको छ ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...