संखुवासभामा एकै परिवारका छ जनाको हत्याको मुख्य कारण पैसा हुन सक्ने आशंका

 लिम्बुवान न्युज
                       

काठमाडौं, २२ भदौ । संखुवासभाको मादी १ उमलिङमा एकै परिवारका छ जनाको हत्याको कारण पैसा हुनसक्ने निष्कर्षमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको बुझिएको छ । तथ्य प्रणामहरु सबै संकलन गरेपछि मात्र प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

२० भाद्रको राती मादी नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान कार्की मात्र जिवित भेटिएका थिए । उनकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या पछि छोराबुहारी र नातिनीबुहारीलाई नियन्त्रणमा लिएर टाढा लगी हत्या गरेको देखिएको छ । लुटेराहरुलाई मृतकले चिनेको र अपराध खुल्न सक्ने ठानेर हत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको प्रहरी स्रोतले बतायो । ८ वर्ष र ५ वर्षका बालबालिकाको पनि हत्या हुनुले नजिकका आफन्त वा चिनेजानेकाहरुतर्फ अनुसन्धानको सुई घुमेको बुझिएको छ ।

घरको अवस्था र पैसाबारे समेत सूचना पाएको समूहले हत्या गरेको हुनसक्ने देखिएको प्रहरी स्रोतले जनाएको छ । घटनामा धारिलो हतियारको प्रयोग भएको प्रहरीले जनाएको छ ।

कार्की परिवारले झापामा जग्गा किन्न बैना गरेको र केही दिनपछि जग्गा पास गर्ने सहमति समेत गरेको बुझिएको छ । जग्गा खरिदका लागि परिवार मिलेर ८० लाख रुपैयाँ संकलन गरेर ठिक्क परेका थिए । बैनावापत् केही रकम दिएर बाँकी रकम घरमै राखेको र त्यो सूचनाका आधारमा हत्या गरी लुटिएको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ ।

प्रहरीको अनुसन्धान टोली संखुवासभाको उमलिङमा खटिएको छ । तालिमप्राप्त कुकुरहरुको समेत प्रयोग भएको छ । विभिन्न कोणबाट अनुसन्धान बढाइएकाले केही दिनमै खुल्नसक्ने बुझिएको छ । तर, प्रहरीले तथ्यप्रमाणहरु संकलन गरेपछि मात्र अपराधीलाई नियन्त्रणमा लिने गरी अनुसन्धान बढाएको बुझिएको छ ।

कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् । नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेको बुझिएको छ । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए । (रिपाेर्टस नेपालबाट)

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...