फाकफोकथुमका थापाले गरे नेपाली कांग्रेसको आसन्न गाउँपालिका अधिवेशनमा सचिव पदमा उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

फाकफोकथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक यतिबेला गाउँगाउँमा पुगेको छ । इलामको फाकफोकथुम गाउँपालिकाका युवा व्यवसायी नरेन्द्र थापाले फाकफोकथुमको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

देशव्यापी रुपमा आगामी भदौं २७ गते सम्पन्न हुने नगर र गाउँपालिका अधिवेशनमा फाकफोकथुम गाउँपालिकाको सचिव पदमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

सचिवका प्रत्यासी थापा १२ र १३औं महाधिवेशनमा फाकफोकथुम ४ को वडासचिवमा दुई कार्यकाल निर्वाचित भई कुसलतापूर्व जिम्मेवारी वहन गरेका थिए । विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै क्रियासिल थापा हाल सिंहदेवी माध्यमिक विद्यालय फुएतप्पाका विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका छन् ।

नेपाली कांग्रेस फाकफोकथुममा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । थापाले अध्यक्षका प्रत्यासी डिकबहादुर थापाको समूहबाट उम्मेद्वारी घोषणा गरेका छन् । सभापति पदका प्रत्यासी डिकबहादुर थापको समूहबाट उपसभापतिमा कमानसिङ लिम्बु र सुबास राई, सचिवमा नरेन्द्र थापा, सह–सचिव घनश्याम चम्लागाई त्यसैगरी सदस्यहरुमा सदस्य सुक्रराज थेगिम, सीता बराइली, रुपा तामाङ लगायत नेताहरुले उम्मेद्वारी घोषणा गरेका छन् ।

त्यसैगरी सभापतिका प्रत्यासी टेकबीर नेम्बाङ् र अर्का प्रत्यासीले अहिले नै आफ्नो प्यानल घोषणा गरेका छैनन् । यद्यपी उनीहरुपनि चुनावी मैदानमा उत्रिएको स्रोतले बताएको छ ।

नेपाली कांग्रेस फाकफोकथुम गाउँपालिकाबाट १७४ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...