क्यान्सर, मिर्गौला र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर, २५ भदौं । नेपाल सरकारले क्यान्सर, मिर्गौलाका गम्भीर बिरामी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

आज बसेको संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ सालको निर्वाचन अघि तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर, मिर्गौलाका गम्भीर रोगी र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई उनीहरुको जीविकोपार्जनमा थप मद्दत पुगोस् भनी मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

चुनावपछि आएको नेकपा ओली सरकारले त्यसलाई खारेज गरेको थियो । जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि हालसम्म भत्ता पाएका थिएनन् ।

त्यति बेलै स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारको निर्णयविरुद्ध सडकमा आन्दोलन समेत गरेको थियो । तर ओली सरकार चुप लागेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले पुनः तीन प्रकारका विरामीहरुलाई मासिक भत्ता दिने निर्णयलाई कार्यान्वयन गर्न अघि बढेका छन् । सरकारी तथ्यांकअनुसार देउवा सरकारको पूर्ववत निर्णयअनुसार निर्णय कार्यान्वयन भएमा मासिक करिव एक लाख बिरामीलाई भत्ता दिनु पर्नेछ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...