लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ अडियो सार्वजनिक
शनिबार, २६ भदौ, २०७८ रातीको ०९:३५ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर, २६ भदौं । लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ बोलेको अडियो गीत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार सागर केरुङको शव्द तथा संगीतमा सजिएको जनजागरण गीतको अडियो युट्युबबाट सार्वजनिक गरिएको हो ।
गायक तथा संगीतकार मनी ताम्लिङ र गायिका बबिना राईको सुमधुर आवाजमा सजिएको लिम्बुवानको जागरणमूलक गीत ‘लि?हानेर आर्जेको’ याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
ओपेरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मनी ताम्लिङ्ले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।
उक्त गीतलाई समाजसेवी मीना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ र बिनिता मादेनले संयुक्त लगानीमा निर्माण गरेका हुन् । गीतको चाडै नै भिडियो सार्वजनिक गर्ने गीतकार तथा संगीतकार केरुङ्ले बताए ।
दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...
दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...