
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह थापा (एमएस)ले मुलुकको राजनितिमा सत्ताको लागी नभै राज्य व्यवस्था परिवर्तन गर्नको लागी जनमुक्ति ३०औं वर्षदेखी आन्दोलन गर्दै आएको दावी गरेका छन् ।
शनिबार जनमुक्ति पार्टीको छैर्टौ राष्ट्रिय महाधिवेशनको उद्धघाटन सत्रलाई लिम्बुवानको ऐतिहासिक भूमी धरानमा सम्बोधन गर्दै थापाले यस्तो दावी गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सत्ताको लडाँईले सुःखसयल र मोजमस्ती खोज्ने बताउँदै उनले राष्ट्रिय जनमुक्ति पार्टी त्यसो नभै यो मुलुकमा वहुल राष्ट्रिय समाजवाद स्थापना गरेर राज्य व्यवस्थामा परिवर्तन ल्याउने तर्फ निरन्तर अघि बढेको वताए । संस्थापक अध्यक्ष थापाले जनमुक्ति पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्नको लागी वर्षौ देखी बहुजातीय लोकतान्त्रिक समाजवादलाई पार्टी भित्र अभ्यास गर्दै आएको वताए ।
थापाले हरेक जातिको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई राज्य व्यवस्थामा स्थापित नगराएसम्म मुलुकमा समानुपातिक तथा समावेशीता विकास नहुने ठोकुवा गरे । उनले मुलुकलाई न्याय, समनता र समावेशिताको माध्यामबाट अघि बढाउन सकेमात्र नेपालमा वहुजातीय लोकतान्त्रिक समाजवादको स्थापना हुने स्पष्ट पारे । त्येसैगरी पार्टीका अर्का संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेले वर्तमान सरकारले एमसिसि जस्तो घातक परियोजना भित्राउन लागेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी यो राष्ट्रिय मुद्दामा गम्भिर हुनु पर्नेमा समेत जोड दिए । उनले एमसिसि विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीले देशव्यापी रुपमा विरोधसभा आयोजना गरेर नेपाली जनतालाई समेत बुझाउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवाको अध्यक्षतमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन उद्धघाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रमामा पार्टीका उपाध्यक्ष कमला थापा, रविन्द्र उच्च नेपाली, केन्द्रिय सचिव मनीराम चौलागाँई, सामाजिक लोकतान्त्रक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएका नेता मान वहादुर राई, माओवादीबाट प्रवेश गर्नु भएका मजित अलि, संघीय लिम्वुवान मञ्चका केन्द्रिय सचिव हालै पार्टी प्रवेश गर्नु भएका गजेन्द्र आङ्गवो, हङ्गकङ्ग जनमुक्ति मञ्चका प्रतिनिधि आईन्बा राई, अमेरिकाका प्रतिनिधि विनोद पोमु, कत्तार प्रतिनिधि मन थापा, जनवर्गिय संगठनहरुको तर्फबाट राष्ट्रिय भुतपुर्व सैनिक संगठनका अध्यक्ष भिम राना, एकल जातिय संगसंगठनहरुको तर्फबाट नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ लगायतले उद्धघाटन सत्रलाई सम्वोधन गरेका थिए ।
शनिबार देखि तीन दिनसम्म संचालन हुने छैटौं महाधिवेशनमा देशभरका ४ सय ५० भन्दा वढी प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन् ।
आईतवार देखी शुरु हुने बन्दसत्रमा पार्टी अध्यक्ष केपी पालुङ्गवाद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र पार्टी महासचिव केशव सुर्यवंशीद्वारा प्रस्तुत हुने सांगठानिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने पार्टीका संघीय सचिव पदम जवेगुले वताएका छन् । उद्घाटन सत्रको संचालन पार्टी नेता संघीय सदस्य विष्णु थाम्देनले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मोहन धिमालले राखेका थिए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...