विवादका कारण लावाखोला खानेपानी आयोजना अलपत्र परेको छ

 लिम्बुवान न्युज
                       

माेरङ्। लावाखोला खानेपानी उपभोक्त समितिको बिबाद चुलिएको छ । समितिको बिधान अनुशार २०७४ बैशाख देखि १ घर १ साधारण सदस्य प्रदान गर्ने ब्यवस्था बमोजिम साबिक टाँडी गा.बि.स का १ देखि ९ सम्मका वार्डहरुलाई आधार मानी खानेपानी आयोजनाले साधारण सदस्यता बितरण शुरु गरेको हो ।

सेवा क्षेत्रमा साबिक मधुमल्ला ४ को बक्राहा, कालिदह, जनजाति टोल, मधुमल्ला ५ को लालमाटि, खाकरबारी र कालिझोड गरि लगभग १४ सय घरधुरी यस खानेपानीको साधारण सदस्य रहेको पुर्व अध्यक्ष तेन्धङ मिभकले बताए ।

३६ करोड ५२ लाख ९२ हजार दुईसय छैसठ्ठी रुपया ८४ पैसा प्राबिधिक लागत स्टिमेट रहेको खानेपानी आयोजना पाँच बर्ष वितिसक्दा पनि हाल योजनाको काम भने १०% सम्म नभएको देखिन्छ स्थानीयवासी बताए छन ।

तत्कालीन २०७२/०६/२३ गते प्रारम्भिक सभाबाट भगिरथ अर्यालको संयोजकतामा उपाध्यक्ष चन्द्र कुमार लिम्बू, महासचिव सुरेश लुईटेल, सचिब खगेन्द्र मादेन गरि १३ सदस्यीय गठन गरि लावाखोलाको कामकारबाही अघि बडाए पनि यस समितिका प्रथम साधारणसभा २०७६/०६/११, १२ गते देखिनै बिबादास्पद बन्न पुग्यो । तत्कालीन अवस्थामा समितिका अध्यक्ष,कोषाध्यक्ष र सह–सचिव बाहेक अन्य पदाधिकारीहरुलाई निर्वाचन अधिकारीहरुबाट आधिकारिक प्रमाणपत्र नदिई अध्यक्ष भगिरथ अर्याललाई खातापाता बुझाई बिदा लिएपछि यस समितिमा बिबाद शुरुहुन थालेको भन्ने जानकारहरु बताउछन् ।

त्यहि बिबादको परिघट्ना सँगसँगै समितिभित्र अबिश्वासको वातावरण सृजना हुँदा अध्यक्ष भगिरथ अर्यालले पटकपटक पदबाट राजिनामा दिने अभिब्यात्ति दिईरहदा अन्य पदाधिकारीहरुले अध्यक्षको कार्यशैली माथि प्रश्न गर्दे आर्थिक पारदर्शिता हुनु पर्ने, एकलौटी निर्णयको छानबिन हुनुपर्ने, कोषमा रहेको रकमको स्पष्ट हिसाबकिताब हुनुपर्ने, सापटी दिएको नगद फिर्ता हुनुपर्ने अडान सहित जनप्रतिनिधि, राजनीति पार्टीका प्रतिनिधि सहितको भदौ २५ गते शुक्रबारको बैठकले निर्णय लिन नसकेपछि आगामी असोज १ गते बैठक राख्ने निर्णय गरेको छ ।

लावाखोला खानेपानी उपभोक्त समितिको साधारणसभामा विभिन्न जालझेल गरि आफु अध्यक्ष हुनु पर्नेमा जोड दिएर आम जनतालई आश्वाशन देखाएर १४ सय घरधुरीबाट असुलिएको पैसा र वडा, प्रदेश, केन्द्र देखि विनियोजन रकमको लेखाजोखा पार्दशिता नगरी आफु राजिनामा दिएर उम्किनु खोजेको पुर्व अध्यक्ष मिभकले आरोप लगाएका छन् ।

दस बर्षे कार्ययोजना भनिएको आज ५ बर्ष पुग्दानी १०% काम नभएको मिक्लाजुङ् र टांडीको विकासको बाधक नेकपा भएको भन्दै पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मिभकले प्रश्न गरेका छन् ।

अध्यक्ष भगिरथ अर्यालले आफू मानसिक रुपमा,शारीरिक रुपमा पहिलो साधारणसभामा अध्यक्षमा रहने कुनै तयारी नभएको र तत्कालीन नेकपा का नेताहरुको दवाब कै कारणपनि आफू अध्यक्षको जिम्मेवार सम्हाल्न नसक्ने अध्यक्ष भगिरथ आर्यलले बताए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...