गृह मन्त्रालयले गर्‍यो १२ जना प्रमुख जिल्ला अधिकारीलाई काजमा सरुवा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३० भदौं । नेपाल सरकार गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई काजमा सरुवा गरेको जनाएको छ । आज (बुधबार) गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।

आज गरिएका सरुवा अन्तर्गत ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा सहसचिव घनश्याम उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

यस्तैगरी गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुर जिल्लामा सरुवा भएकी छन् भने गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पठाईएको छ ।

मोरङ् जिल्लाका सीडीओ कोषहरी निरौलालाई मन्त्रालयमा सरुवा आएका छन् भने मोरङ्मा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

बाह्र मध्ये एक मात्र आदिवासी जनजाति सिडिओको रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवनमा सरुवा भएका छन् । उनले जिल्ला कमाण्ड सम्हालेको रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी मन्त्रालयले पठाएको छ ।

पूर्व प्रधानमन्त्री बाबुरामको जिल्ला गोरखामा शंकरहरि आचार्य सिडिओ बनेका छन् । त्यसैगरी रामेछाप जिल्लामा दीपककुमार पहाडी र पूर्वी पहाडि जिल्ला संखुवासभामा नुरहरि खतिवडाले प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी लिएका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी दोलखा जिल्ला सिडीओमा टेकराज निरौला नियुक्त भएका छन् भने दोलखामा कमाण्ड सम्हालि रहेका सिडिओ बासुदेव घिमिरेलाई भने मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तैगरी धादिङको सिडिओमा कृष्णप्रसाद लम्साल बनेका छन् भने उदयपुर जिल्लामा बाह्र मध्ये एकमात्र मधेशी मुलका सिडिओ बनेर वीरेन्द्रप्रसाद यादव जाने भएका छन् ।

मन्त्रालयद्वारा जारी विवरणः

 

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...