“२०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्दैनौं” – ज्ञानुहाङ् इम्बुङ्

 लिम्बुवान न्युज
                       

कमल, ३ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले २०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्न नसकिने बताएका छन् । आइतबार कमलको केर्खा बजारमा आयोजित बिरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष इम्बुङ्ले सो कुरा बताएका हुन् ।

नेपालको संविधानले यहाँका सबै आदिवासी जनजाति, मधेशी, मुश्लिम, दलित, खस, अल्पसंख्यक, पिछडा वर्ग लगायत महिलालाई समेट्न नसकेको बताउँदै उपाध्यक्ष इम्बुङ्ले जारी संविधान पुनःलेखन गरिने पर्ने बताए । संविधानको धारा २७४ जबसम्म खारेज गरिदैन् तबसम्म यो संविधान मान्नुको कुनै अर्थ नरहेको जिकीर गरे ।

देशको मूल कानून संविधान १३६ जातीको मूल मर्म र भावना विपरित बनेको हुँदा पुनःसंसोधन गरिएमात्र नेपाली जनताले मान्ने बताउँदै उपाध्यक्ष इम्बुङ्ले भने विगत ६ बर्ष देखि नै मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मान्दै आएको बताए ।

बिरोधसभा कार्यक्रममा मञ्चका महासचिव यलम्बर खम्बू, उपमहासचिव दिलकुमार लावती, केन्द्रीय नेताहरु विष्णुराज तुम्बापो (सन्ताेष), बलनाथ नाल्बो, सुर्य योक्पाङ्देन, मनकुमार थलङ्, प्रकाश नेम्बाङ्, साजन मोते, जिल्ला अध्यक्ष धन बहादुर पन्धाक, त्यसैगरी लिम्बुवान भोलेन्टिर्यसका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे, उपकमाण्डर बसन्तराज सुब्बा, जिल्ला सचिव राज अाङ्थुपाे, सचिवालय सदस्य नरेन्द्र लावती लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले पनि धरानमा असोज ३ लाई कालो दिनको रुपमा मान्दै बिरोध प्रदर्शन गरेको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले संविधानले सबै नेपालीलाई समेट्न नसकेको भन्दै बिरोध जनाएको बताए ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष एवी पन्धाक, प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावती लागत केन्द्र, जिल्ला र नगर समितिका नेताहरुको सहभागीता रहेको जिल्ला अध्यक्ष इजमले बताए ।

त्यसैगरी लिम्बुवान मञ्चले मोरङ्को मिक्लाजुङ्मा पनि कालो झण्डा गाडेर कालो दिन मनाएको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर गणेश मिभकले जनाएका छन् । यसैगरी जिल्ला सचिवालय सदस्य मिक्सेन मिभक लिम्बुले अपूर्ण संविधान संघीयता विरोधी संविधान भएको हुँदा यो विभेदकारी संविधानको विरुद्ध मञ्च उभिएको प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...