लिम्बुवान मञ्च उर्लाबारी नगरको कार्यालय उद्घाटन, पथरीशनिश्चरेमा क्रियासिल वितरण आजबाट शुरु

 लिम्बुवान न्युज
                       

उर्लाबारी, ४ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको कार्यालय उद्घाटन गरिएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीले ब्यानर पढेर कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यलय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपमहासचिव लावतीले पानसमा बत्ती बालेर उद्घाटन गर्दै उर्लाबारी नगरलाई नमूना नगर बनाउने लक्ष्यका साथ अघि बढेका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने मूलुकमा संघीयता नै खतरा पर्ने अवस्था वर्तमान राज्य शासकहरुको तिकडमले भईरहेको हुँदा त्यसको खबरदारी गर्न पनि संघीय मञ्चले तल्लो इकाईबाट शुरु गर्ने पर्ने बताए ।

उनले भने –जबसम्म घर निर्माण पूर्व जग निर्माणलाई ध्यान दिएर खनिदैन घर बलियो हुन सक्दैन त्यसैले पार्टीको मुख्य मेरुदण्ड भनेकै वडा–वडामा संगठन चुस्तदुरुस्त बन्नु हो । वडाहरुमा जनप्रतिनिधि स्थापित गर्न नसकेको लोकतन्त्रमा पार्टीहरु स्थायी हुन नसक्ने नेता लावतीले जिकीर गरेका छन् ।

त्यसैगरी उक्त कार्यालय उद्घाटन कार्यक्रममा मञ्चका सचिवालय सदस्य रामचन्द्र थापा मगर, प्रान्तीय सदस्य हरिराज खिम्दीङ्, पहिचान सदस्य सुर्य खजुम, मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन, सचिव बरुण लाबुङ्, सचिवालय सदस्य रामकुमारी लिम्बुलगायत नेताहरुले कार्यालय उद्घाटनमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम उर्लाबारी नगर समितिका अध्यक्ष चन्द्र पालुङवाको सभाध्यक्षतामा भएको थियो भने संचालन नगर सचिव अन्जु लिङदेनले गरेकी थिइन् । कार्यक्रममा नगरसमितिलाई क्रियासिल कार्ड वितरण गर्दै क्रियासिल कार्ड वितरण समेत उर्लाबारी नगरले शुभारम्भ गरेको छ ।

यसैगरी आज नै संघीय लिम्बुवान मञ्च, नेपाल पथरीशनिश्चरे नगर समितिले पनि क्रियासिल कार्ड वितरण कार्यक्रमलाई शुरु गरेको छ । मञ्चका उपमहासचिव दिलकुमार लावतीको उपस्थितिमा क्रियासिल सदस्यता कार्ड वितरण गरिएको हो । कार्ड वितरण कार्यक्रममा प्रान्तीय सदस्य धनप्रसाद साँवा, जिल्ला अध्यक्ष दिलु लिङदेन लावती लगायत जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।

पथरीशनिश्चरेले आज एकै दिन ४ सय जनालाई क्रियासिल कार्ड प्रदान गरेको छ । लिम्बुवान मञ्च मोरङ जिल्लाले आगामी असोज १६ गतेको जिल्ला सम्मेलन लक्षित कार्यक्रमलाई व्यापकता दिएको अध्यक्ष लिङदेनले वताएकी छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...