दमकको अनलाइन कम्प्यूटर नयाँ आउटलेटबाट शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, ५ असोज । दमक चौंकस्थित एसएन मार्केटमा रहेको दमककै पूरानो अनलाइन कम्प्यूटरले नयाँँ व्यवस्थापनका साथ आफनो व्यवसाय विस्तार गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अनलाइनले सुविधासम्पन्न व्यवस्थापनका साथ व्यवसायिक कारोवार सञ्चालनमा ल्याएको हो ।

नयाँ आउट लेटको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको सञ्चालक सुरज धिमालले वताए । आउट लेटसहितको शुभारम्भ सञ्चालक सुरजका पिता गणेश बहादुरले रिवन काटेर उद्घाटन गरे ।

साइवर क्याफेबाट व्यवसायिक शुरुवात गरेका धिमालले विश्व वजारमा पाइने सवै किसिमका कम्प्यूटर, ल्यापटप लगायतको सुविधा पुरयाँउन आफूहरु प्रतिवद्ध भएको वताए ।

नयाँ आउटलेट शुभारम्भको अवसर पारेर अनलाइनले एक साता लामो एक्सचेन्जसहित नयाँ ल्यापटप ,कम्प्यूटर खरिदमा छुट तथा आर्कषक उपहार सुविधा राखिएको सञ्चालक धिमालले जानकारी दिए । त्यस अवसरमा दमक जेसीजका अध्यक्ष सुयोग खरेल, सञ्चारकर्मी, व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...