“लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०” ले पायो २०७७ सालको मदन पुरस्कार

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ असोज । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय गरेको छ । असोज सात गते बसेको गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीमा प्राप्त २२२ पुस्तकमध्ये ९ वटा पुस्तकहरू क्रमशः एकलव्यको देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प–ग्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुवँर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० (भगिराज इङ्नाम) मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।

यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ’हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति÷संस्थालाई जगदम्बा–श्री दिइँदै आइएको छ । (ईकान्तिपुरबाट)

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...