बहु प्रतिक्षित ‘देम सारो’ गीतको भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ असोज । सर्वप्रिय गायक राजेश पायल राईको बहु प्रतिक्षित ‘देम सारो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दर्शन नमस्ते ५ एल्बममा समाबेश हुने यो गीतको अडियो रिलिज अगाबै श्रोताको मनमा बस्न सफल भैसकेको थियो भने भिडियो पनि सार्वजनिक भएको केही घण्टामै कतारमा ट्रेन्डिङमा परिसकेको छ ।

गीत सार्वजनिक भएको केही घण्टामै कतारमा यु–ट्युबको ट्रेण्डिङ ६ मा परेको गायक राईले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेर जानकारी दिनु भयो ।

“नेपाली गीतले अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाउनु आम नेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो ।”

कवि तथा गीतकार राजन मुकारुङको उत्कृष्ट शब्दलाई राजेश पायल राईकोनै संगीत भरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने गीतलाई पर्पल रेकर्डिङ स्टुडियोमा सुमन खड्का र सरन छिनामले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

मेगास्टार गायक राजेश पायल राईको आफनै अफिसियल युट्युब च्यानल च्बवभकज एबथब िच्बष् मार्फत सार्वजनिक गरिएको भिडियोमा राजेश पायल राई, दयाहाङ राई, विल्सन बिक्रम राई र रजनी गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने बुद्दी तामाङ बिशेष अतिथिको रुपमा देखिएका छन् ।

कमल राईले नृत्य निर्देशन गरेको भिडियोमा राई समुदायको भेषभुषा र केटाकेटीको प्रेमिल माहोल देखाइएको भने कलाकार र कोरसहरु सुन्दर ठाउँमा छमछमी नाचेका छन् ।

किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा बिक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । याे समचार तयार पार्दासम्म नेपाली यूट्यवकाे २२ औं टेन्डिङमा रहेकाे छ ।

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=MWhYYB4FAK0

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...