सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

 लिम्बुवान न्युज
                       

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ ।

सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो । टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कन्काई नहरभित्र पसेको थियो ।

प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

माइधारस्थित ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्ने क्रममा पछाडिबाट तिब्र गतिमा आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । शव दमकस्थित दमक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको अस्पताल स्रोतले जनाएको छ । शव सोमबार पोष्टमार्टम गर्ने स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...