
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
पाँचथर, ११ असोज। पाँचथरको कुम्मायक गाउँपालिकाले देवनागरिक र श्रीजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरिक र श्रीजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो ।
गाउँ सभाबाट पारित भएको दुबै भाषा लिपिलाई गाउँपालिकाको शाखागत कार्यालय, गाउँपालिमा दर्ता भएका सरकारी तथा गैरसरकारी संस्थाको कार्यालयमा अनिवार्य रुपमा नेवनागरिक र श्रीजंगा लिपि कार्यान्वयमा ल्याएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । सोमबार कुम्मायक १ नं वडा कार्यालयको देवानागरिक र श्रीजंगा लिपिको उत्घाटन गर्दै चेम्जोङले अब सबै वडा कार्यालय र सरकारी कार्यालयमा दुबै लिपिबाट लिपिबद्ध भएका होर्डिङ बोर्ड राख्न निर्देशन दिएका छन् ।
सो अवसरमा कुम्मायक १ नम्बर वडाअध्यक्ष देबेन्द्रकुमार लावती, कार्यापालिका सदस्य उर्मिला निरौला, वडा सदस्य इन्द्रमाया नेपाली, प्रेमराज राई र वडा सचिव राजेश चापागाई लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को देवनागरिक र श्रीजंगा लिपिलाई गाउँ सभाबाट पारित गरी पहिलो पटक १ नम्बर वडामा लागु गरेको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...