चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

 लिम्बुवान न्युज
                       

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ ।

गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको भएपनि औपचारिक रुपमा भनेसोमबारबाट घोषणसभागरि शरु गरेको हो । चुलाचुलीमा कामकाजी भाषाको रुपमा भने यो पहिलो भाषा हो ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, माङ्सेबुङ इलाम वडा ५ का अध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली गाउँपालिकाका शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, चुलाचुलीका बौद्धिक व्यक्तित्व साहित्यकार तथा कलाकार ज्ञानोदय लावती, समाजसेवी दलशमसेर लावती, उत्तम योङहाङ र सन्तोस तुम्बापो (बिष्णुराजत) लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा वडाकार्यालयका सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । साहित्यकार बिवस बलिभद्र कोईरालाले संचालन गरेको कार्यक्रम वडा नंं १ का वडाध्यक्ष पुर्ण लावतीको अध्यक्षतामा सम्पन्नभएको थियो ।

चुलाचुली १ नम्बर वडाका अध्यक्षद्वारा जारी घाेषणापत्रः

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...