
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं । किरात सिरिजंगा लिपि समायोजन सम्बन्धी बिज्ञहरुको कार्यदल गठन गरिएको छ । सोमबार काठमाडौंमा बसेको किरात समन्वय समितिको बैठकले विज्ञहरुको कार्यदल गठन गरेको हो ।
डा. तारामणि राईको संयोजकत्मा कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरुमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल रापचा, डा. गणेश जिमी, गणेश वाम्बुले राई, डि.बि आङ्बुहाङ, इन्दीरा जिमी, उत्तम सुनुवार चयन हुनुभएको छ भने थप एक सदस्य पछि थप्ने बताइएको छ ।
यो कार्यदलले लिपि समायोजन कार्यादलले किरात सिरिजंगा लिपि साझा लेखन बारे अध्ययन गर्ने । त्यसैगरी सम्बन्धित भाषाहरुको लेखनको लागि वर्णहरु निर्धारण गर्दै लिपि समायोजन गर्न तालमेल गर्ने । वर्ण तथा लिपि समायोजन गरे पश्चात नयाँ ध्वनी चिन्ह सहितको लिपि प्रतिवेदन तयार पार्ने जनाइएको छ ।
साथै बैठकले किरात सिरिजंगा लिपि लेखनलाई साझारुपमा प्रयोग हुने अभियानलाई सकारात्मक रुपममा ग्रहन गर्न सबै समुदायमा अपिल गर्ने बताइएको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...