खाती बने दमक सुनचाँदी ब्यवसायी संघको अध्यक्ष

 लिम्बुवान न्युज
                       

दमक, १२ असोज। दमकका पुराना स्थापित सुनचाँदी ब्यवसायी काशीराम विश्वकर्मा (खाती) संघको दमक अध्यक्षमा निर्वाचित भएका छन् । दमकका सामाजिक तथा ब्यवसायीक अगुवा खाती दमक सुनचाँदी व्यवसायी संघको छैंठौ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।

मंगलबार दमक ५ स्थित संघको आफनै कार्यालयमा सम्पन्न छैठौ अधिबेशनले खातीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरको छ ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा पुष्पलाल गजमेर, सचिवमा चन्द्र गजमेर, सह–सचिवमा उमेश गजमेर र कोषाध्यक्षमा हेमसागर अधिकारी चयन भएका छन् । यसैगरि सदस्यहरुमा जितबहादुर गजमेर,नन्दबिर ल्वागुन, विवेक बिक लामगाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएका छन् ।

यसैवीच नवनिर्वाचित अध्यक्ष खातीले आफुलाई जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गर्दे व्यवसायिक हकहितको निम्ती काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...