
लिम्बुवानखबर, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्बदलीय बैठक बोलाएको छ । उक्त बैठकको प्रमुख विपक्षी दल नेकपा(एमाले)ले बहिष्कार गर्ने जनाएको छ ।
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज बिहीबार १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पश्चात अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा दैनिक कामकारवाही नै मुख्य एजेण्डा रहेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।
प्रमुख प्रतिपक्षदल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईका अनुसार आफूहरु सर्वदलीय बैठकमा नजाने बताए ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा आफ्नो असमति रहेकोले बैठकमा नजाने उनले बताए ।