राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदुतले बुझाए आ–आफ्नो ओहदाको प्रमाणपत्र

 लिम्बुवान न्युज
                       

 

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ।

काठमाडौं, १४ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज चार देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालयले जनाए अनुसार आज (बिहीबार) शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्रहरु बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्ति अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेका छन् ।

उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् । (अनलाइनखबरमा प्रकाशित समाचार)

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...