पुजा सामाग्रि बनाउने फर्ममा अवलोकन गर्दै प्रदेशमन्त्री दर्लामी

 लिम्बुवान न्युज
                       


दमक, लि.ख. । प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ । उहाँले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताउनु भएको छ । यहाँहरुले गरेको काम फरक र नुमना छ, मन्त्रि दर्लामीले भन्नुभयो ।


दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पुजा सामाग्रि उत्पादन स्थलमा बुधबार मन्त्रि मगर पुग्नु भएको हो । पुजा सामाग्रिहरुमा अधिकाँश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुशि लाग्यो, मन्त्रि मगरले भन्नुभयो ।
पुजा सामाग्रिको रुपमा प्रयोग हुने तील, जौ लगायतका सामाग्रिहरु उत्पादनको बिषयमा पनि उहाँले चासो राख्नु भएको थियो । यहाँका किसानहरुलाई जोडेर के गर्न सकिन्छ त्यस बिषयमा पनि सोच्नु होला, मन्त्रि मगरको भनाई थियो ।
पुजा सामाग्रिमा शुरुवातमा पुर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्रि, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप लगायतका सामाग्रिहरु यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको छ ।
फर्मका सञ्चालक यज्ञ प्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको बिषयमा जानकारी गराउदै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा बढिले रोजगार पाइरहेको जानकारी गराउनु भएको थियो । गो मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउदै यसमा सहयोग गर्नका लागि आग्रह गरेका थिए ।
पुजा सामाग्रिको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुश, अपमार्ग जस्ता सामाग्रि समेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न प्रदेश सरकारसंग माग गर्नु भएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...