लिम्बू साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ, १७ भदौं । कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न भएको हो ।

अधिवेशनले खड्गबहादुर लाबुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा देउबहादुर साबा, सचिवमा निर्मला खिम्दिङ, सह–सचिवमा कुमार वनेम र कोषाध्यक्षमा बिकास लिम्बू निर्वाचित भएका छन् । यसरी नै सदस्यमा बिबेक लिम्बू र सुसन माबो निर्वाचित भएका छन् ।

राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर साम्सुहाङ, लिम्बुवान प्रदेश समिती सदस्य धिरमाया इजम, किरात धर्म तथा साहित्यिक उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वा, चुम्लुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बो, सरोज कङ्लिबा, सिवा माविका प्रधानाध्यापक ओमनाथ गौतम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश माबो, लिम्बु साँस्कृतिक परिषद पान्थर अध्यक्ष डिआर हाङ्सरुम्बा लगायतले शुभकामना राखेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...