
इलाम, १७ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव इलामका नेता हेम जवेगु मातृ शोकमा परेका छन् ।
शुक्रबार आज नेता जवेगुका ८० बर्षीया आमा पुक्चुरी लिम्बुको फाकफोकथुम ४ फुएतप्पास्थित आफ्नै घरमा निधन भएको हो । केही बर्ष देखि अवस्वस्थ्य रहेकी आमाको विहान ३ बजे निधन भएको नेता जवेगुले बताए ।

उनको आजनै पार्थी शरीरमा पार्टीको झण्डा ओडाई अन्त्येष्टि गरिएको छ । मञ्चका संघीय सहसचिव तथा लिम्बुवान प्रान्तीय उपमहासचिव लावाहाङ चेम्जोङ् लिम्बुवानको झण्डा ओडाई उनको अन्त्येष्टि गरिएको मञ्चका इलामका युवा नेता लिम्बुवान प्रान्तीय सचिवालय सदस्य दिपक योङहाङले लिम्बुवान खबरलाई बताए ।