लायन्स क्लव अफ झापा दमकद्वारा अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

दमक/ लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लव कोशाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो ।

चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चीनि लगायतका दैनिक अत्यआवश्यकीय उपभोग्य सामाग्रिहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराईएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताएकाछन् ।

तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भएपनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफुले खाद्यन्न उपलब्ध गराएको साहेवालाले बताएकाछन् ।

खाद्यन्न बितरण कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दिर्घ रोगी अपाङ्ता भएका अति बिपन्न परिवारलाई लायन्स क्लव मार्फत खाद्यन्न बितरण अभियानको रुपमा चलाउदै आएको पाईएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामना सहित जन्मदिन यस प्रकारले मनाउने सस्कृतीको विकास लायन्सकर्मीहरुले गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । स्थानीय सामाजिक अगुवा युवा दिपक खडकाले कार्यक्रमको सहजिकरण गरेका थिए । पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...