कमल ७ मा लिम्बुवान मञ्चको वडा समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, ९ असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिका अन्तर्गत वडा नं. ७ मा समिति गठन भएको छ । आइतबार कमलमा आयोजित एक कार्यक्रमले अनुप नेम्बाङ्को अध्यक्षतामा नौं सदस्यीय वडा समिति गठन भएको हो ।

उक्त समितिको उपाध्यक्षमा धनबहादुर सम्बाहाम्फे, सचिवमा रोशन लिम्बु, अर्थसचिवमा सुस्मिता नेम्बाङ चयन भएका छन् भने सदस्यहरुमा सुमन सोदेम्बा, चेतन कुमार लिम्बु, राजेन्द्र केरुङ र दिलीप सम्बाहाम्फेलाई जिम्मेवारी दिईएको छ ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया थापा, सचिव राजु राई, प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, कविन्द्र सेर्मा, सुर्य योक्पाङदेन, मनप्रसाद थलङ् लगायत प्रान्तीय नेताहरु, लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरु र कमल गाउँपालिकाका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...