अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु

 लिम्बुवान न्युज
                       

  • प्रकाश पाक्साँवा

तेह्रथुम १३ असोज । नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गीत संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु भएको छ । आइडलको अनलाइन आवेदन यही असोज ८ गतेदेखी सुरु भएको हो ।

आइडलमा सहभागिताहरु बन्न इच्छुकहरुले यही असोज २० गतेसम्म सम्म आवेदन दिने सक्ने प्रोडक्सनका संयोजक नियारा सुब्बाले बताइन् । आईडलको पहिलो चरणको अडिसन अनलाइन मार्फत गरिने भएको छ । पहिलो चरणमा छनौट भएका प्रतियोगिहरुलाई दोश्रो चरण ट्याक राउण्ड अन्तरगत नेपालका सहभागीहरुको लागि दमकमा र भारतका सहभागीहरुको लागि सिक्कीममा हुने भएको आयोजकले जनाएको छ । त्यस्तै सेमिफाईनल राउण्ड सिलगुडी भारतमा हुने भएको छ । आईडलको फाईनल लिम्बु जातीहरुको महान पर्व चासोक तङनाममा सिक्किममा हुने जनाइएको छ ।

आईडलमा विजेता १ लाख आइ.सी. एकसेट हार्माेनियम, ट्रफी, एउटा म्युजिक भिडियो, म्युजिकल टुर नेपाल तथा भारत र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै पहिलो देखी पाँचौ रनरफ बन्नेलाई नगद २०/२० हजार आई.सी, १/१ गितार, सामुहिक गित रेकर्ड म्युजिकल टुर नेपाल भारत र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रोडक्सनले पहिलो याक्थुङ आइडल सिजन वान गरी सिजन टु आयोजना गर्न लागको हो ।

आवेदनका लागी यो लिंक ओपन गरेर भर्न सक्नु हुने छ ।

http://neeyaraproduction.com/register.php?fbclid=IwAR0N4fGRhFDEdglBmvz2_T8nOHXJFiQlwkG3VJ-OrqY8_wMa5TKYQRKl7LI

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...