कियाचू हङकङका पूर्व अध्यक्ष त्रिभूवन लुम्फुङवा सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङवा लिम्बु दुई संस्थाबाट सम्मानित भएका छन् । सोमबार झापाको दमक ५ बेलडाँगीरोडस्थित तुमिरो क्याफेमा एक कार्यक्रमगरि लिम्बुलाई सम्मान गरिएको हो ।

इलाम, फाकफोकथुम ४ लिम्बु गाउँमा स्थापित फुङवा युवा क्लबका सचिव भावना लिम्बुले गतबर्षको चासोक तङनाम मेलालाई ३० हजार रकम सहयोग गर्नुभएकोमा संस्थाको तर्फबाट सम्मानपत्रले सम्मान गरेकी थिइन् ।

यसैगरी मिक्लाजुङ ४ स्थित याक्थुङ भिलेजमा निर्मित चाँदीको सिलामसाक्मा निर्माण साथै उक्त क्षेत्रमा चासोक तङनाम सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको भनी सिलामसाक्मा चोक निर्माण समितिले पनि सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका सांस्कृतिक संयोजक भुपेन्द्र तुम्बाहाम्फेले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी दिलकुमार लावतीले गरेका थिए । कार्यक्रममा फुङ्वा युवा क्लबकी सदस्य निरु लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

आफूलाई सम्मान गरेकोमा दुई संस्थाहरुप्रति आभार व्यक्त गर्दै सम्मानित लिम्बुले यो सम्मानले थप हौसला मिलेको र आफूले सकेको साथ सहयोग सधै रहने बताउनु भयो ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...