कियाचू ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

 लिम्बुवान न्युज
                       


ललितपुर, १८ भदौं । लिम्बू याक्थुङ् जातिको प्रमुख सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस मनाए विविध कार्यक्रम गरि मनाएको छ । ललितपुरस्थित चुम्लुङहिममा सोमबार संघीय समितिले सप्ताहव्यापी कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै पुरस्कार तथा सम्मान वितरण गरि सम्पन्न गरिएको छ ।

सांस्कृतिक र औपचारिक कार्यक्रमहरू साविकझैं भए पनि चुम्लुङले यस वर्षको स्थापना दिवस मुक्कुम्लुङ संरक्षण र प्रदेश नामांकनमा केन्द्रित गरेको थियो । वक्ता, विमर्श र केही मुख्य कार्यक्रममा कोशी नाम खारेजी र पुनः नामांकन तथा मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीले प्रमुखता पाएको थियो ।

लिम्बू भाषाको गीतसंगीत क्षेत्रमा विशेष योगदान पु¥याएका स्रष्टाहरु भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
मुन्धुम स्वर्णिम साँझमा येवालाङ, केलाङ, यालाङ, हाक्पारे पेन्युक साम्लो, तुवा पेन्युक साम्लोजस्ता लिम्बू जातिका मौलिक गीतसंगीतहरु कलाकारहरुले प्रस्तुत गरेका थिए ।

यसैगरी लिम्बू थरगत संस्थाबीच विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । यसरी नै ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा ‘नो केवलकार प्रदर्शनी’ सम्पन्न भएको थियो ।
आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चुम्लुङका विभिन्न समितिका साथै भारत, युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया, खाडी मुलुकहरु लगायत प्रवास समितिहरुका पदाधिकारीहरूले आपसमा स्थापना दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।

साथै सोमबार स्थापना दिवसको दिन विभिन्न पुरस्कार वितरण कार्यक्रम तथा के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्यालीजस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वताउनु भयो ।
यस अवसरमा उपस्थित विभिन्न जातजातिका संस्था तथा संघसंगठन प्रमुख÷प्रतिनिधिहरूले चुम्लुङले याक्थुङ जातीहरुको भाषा, संस्कृति र पहिचानका क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

चुम्लुङ लिम्बुवान प्रदेश समितिले दमकमा मनायो ३६औं स्थापना दिवस

कियाचू लिम्बुवान प्रदेश समितिले झापाको दमकस्थित किरात भवनमा झापा जिल्ला समिति र दमक नगर समिति तीन वटा समितिले संयुक्त रुपमा मनाएको छ । प्रदेश समितिका अध्यक्ष मधुराज केरुङ्को अध्यक्षता तथा संघीय सल्लाहकार ध्रुव मेन्याङ्बोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघीय सदस्य इक्सा सम्बाहाम्फे, प्रदेश समितिका पदाधिकारीहरु, सदस्यहरु लगायत चुम्लुङमा आबद्ध व्यक्तित्वहरुको बाकुलो उपस्थिति रहेको थियो ।

जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ् फियाकले कार्यक्रमको स्वागत मन्तव्य राखेका थिए भने दमक नगर समितिका अध्यक्ष देवेन्द्र चेम्जोङ्ले संचालन गरेका थिए ।

कार्यक्रममा प्रदेश सल्लाहकारद्वय पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङ र अर्थशास्त्री एलबी पालुङ्वाले शुभकामना मन्तव्य राख्दै लिम्बुवानमा पहिचानको राजनीति र अर्थतन्त्र बारे विचार राखेका थिए ।

याक्थुङ सांस्कृतिक परिषदले केलाङ सहित स्थापना दिवसमा विविध कार्यक्रम र सम्मान कार्यक्रम समेत राखिएको प्रदेश सचिव साङसेन पन्धाकले बताउनु भयो ।

यसैगरी भारत, युराेप, अमेरिका, अष्ट्रेलिया, मलेसिया, काेरिया, जापान, हङकङ, अरब मुलुकहरू लगायत प्रवासहरूमा समेत ३६अाैं स्थापना दिवस भव्य रूपमा मनाइएकाे जानकारी प्राप्त भएकाे छ ।

विभिन्न जिल्लाहरुमा छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण सहित ३६औं स्थापना मनाइयो

ताप्लेजुङ, पाँचथर, इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, मोरङ्, संखुवासभा त्यसैगरी झापाको मेचीनगर, कमल, सुनसरीको धरान लगायत अन्य विभिन्न स्थानीय तहहरुमा समेत विविध सांस्कृतिक कार्यक्रम गरि कियाचू ३६औं स्थापना दिवस मनाइएको जिल्ला समितिहरुले जनाएको छ ।

विभिन्न संजालहरुबाट प्राप्त तस्वीरहरु

 

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...