
दमक, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २९ गते झापा आउने जनाइएको छ ।
बुधबार बिर्तामोडमा माओवादी झापाले पत्रकार सम्मेलन गरी दाहाल भदौ २९ गते झापा आउने तय भएको जानकारी दिएको हो ।
भदौं ३० गते पार्टीले आयोजना गर्ने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि दाहाल झापा आउन लागेको माओवादी केन्द्र झापाका इन्चार्ज झलकसिंह दर्लामीले सम्मेलनमा जानकारी दिएका छन् ।
इन्चार्ज दर्लामीले सोही अबसरमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई दाहालले स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको बताए ।
प्रचण्ड करिब ६ बर्षपछि झापा आउन लागेका हुन् । उनी सोही दिननै राजधानी फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।